नियम ४१
वन पैदावारको उपयोग
अाफैले विरुवा लगाइ हुर्काएको वा समिति वा वन उपभोक्ता समूहले संरक्षण सामुदायिक वनको रूपमा कुनै वन क्षेत्र संरक्षण गरी प्राप्त हुन आएको वन पैदावारको उपयोग कार्ययोजना बमोजिमको मात्रा र परिमाणमा नबढ्ने गरी सम्बन्धित समिति वा वन उपभोक्ता समूहले तोकेको दस्तुर तिरी उपभोक्ता समूहहरूले उपयोग गर्न सक्ने छन् ।